जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले स्वास्थ्य मापदण्ड पालनामा कडाइ गर्ने तयारी गरेको छ । उपप्रधानमन्त्री ईश्वर पोखरेलको अध्यक्षतामा शनिबार बसेको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकले सुरुवातमा सरकारले तोकेको मापदण्ड लागू भएनभएको आधारमा थप कदम चाल्ने निर्णय गरेको हो । सीसीएमसी बैठकले संक्रमणको दोस्रो लहर फैलिन सक्ने भन्दै सतर्कता अपनाउन अपिल गरेको छ ।
पछिल्लो समय कोभिड संक्रमणको ग्राफ बढेको र नयाँ भेरिएन्ट (प्रजाति) समेत देखा परेको भन्दै बैठकले सतर्कता अपनाउन राष्ट्रिय रूपमा अपिल गर्ने निर्णय गरेको हो ।सीमामा सञ्चालित हेल्थ डेस्कलाई थप प्रभावकारी बनाउने, एन्टिजेन परीक्षण बढाउने, कोभिड संक्रमण भई लक्षण देखापरेका बिरामीलाई अस्पताल भर्ना गर्ने र लक्षण नदेखिएकालाई क्वारेन्टाइनमा राख्ने निर्णय पनि बैठकले गरेको छ ।
यसैबीच शिक्षा मन्त्रालयले कोभिड–१९ संक्रमण बढेसँगै विद्यालय र क्याम्पसमा अध्ययन अध्यापन गर्ने वा नगर्ने भन्नेबारे सम्बन्धित निकायसँग आज छलफल गर्दैछ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

