जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा वितेको २४ घण्टामा ५५९ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ४ हजार ३७८ पीसीआर परीक्षण गर्दा ४९६ र ७२७ जनाको एन्टिजेन परीक्षण गर्दा ६३ जनामा संक्रमण पुष्टि भएको हो । यो संगै नेपालका कोरोना संक्रमितको कुल संख्या २ लाख ८० हजार ५२५ जना पुगेको मन्त्रालयले जानकारी दिएको छ ।
आज १ सय ३८ जना कोरोना संक्रमणमुक्त भई घर फर्किएका छन । यो संगै नेपालम कोरोना मुक्त हुनेको सख्ंया २ लाख ७२ हजार १३५ पुगेको छ ।
देशभर सक्रिय संक्रमितको संख्या तीन हजार ३ सय ६ रहेको छ भने ८५ जना क्वारेन्टीनमा छन् । वितेको २४ घण्टामा १३ जना कोरोना संक्रमितको मृत्यु भएको छ । यो संगै नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या तीन हजार ५३ जना पुगेको मन्त्रालयले जनाएको छ ।
प्रकाशित मिति: सोमबार, चैत ३०, २०७७
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


