
जनस्वास्थ्य सरोकार, रुपन्देही । बिद्यालयका प्रधानअध्यापकसहित ८ जना शिक्षकमा कोरोना संक्रमण पुष्टि भएपछि बुटवलस्थित कालिका मानवज्ञान माबि बन्द गरिएको छ ।
नेपालमा दोश्रो लहरको कोरोना भाईरस संक्रमण प्रवेश गरेसँगै सिधै समुदायस्तरमा पुगेकोले बिद्यालय, शिक्षक र बिद्यार्थीहरु संक्रमणको उच्च जोखिममा रहेको भन्दै सो बन्द गरिएको हो ।
रुपन्देहीमा हालसम्म एउटै विद्यालयमा यति धेरै संख्यामा कोरोना देखिएको यो पहिलो पटक हो । करिब ८ हजार विद्यार्थी अध्ययरत रहेको सो बिद्यालयमा आफुसहित शिक्षकहरु कोरोना संक्रमणमा परेपछि विद्यार्थीलाई संक्रमणबाट जोगाउन विद्यालय बन्द गरिएको विद्यालयका प्रधानाध्यापक विष्णुहरि ज्ञवालीले बताउनुभयो ।
प्रअ ज्ञवालीका अनुसार कक्षा १० को परिक्षा संचालन भैरहेका कारण थप तीनदिन मात्र सञ्चालन गर्ने र अन्य कक्षा केही समय अनलाइनमार्फत संचालन गर्ने निर्णय भएको छ ।
यता रुपन्देही लगाएतका बिभिन्न जिल्लामा पछिल्लो भेरियन्टको कोरोना केही विद्यालयहरुमा पनि देखिन थालेपछि पुनः शैक्षिक संस्थाहरु बन्द गर्न स्वास्थ्य मन्त्रालयले आग्रह गरको छ ।
उता निजी विद्यालयको छाता संस्था प्याब्सनले भने विद्यालय बन्द गर्न नहुने तर्क पेश गर्दै आएको छ । केही दिनयता विद्यालयस्तरमा कोरोना संक्रमणको संख्या बढ्न थालेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

