जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले देशभर दैनिक ११ हजारसम्म कोरोना भाइरस संक्रमित पुग्नसक्ने प्रक्षेपण गरेको छ ।
स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयश त्रिपाठीले मंगलबार स्वास्थ्य पत्रकारहरुसँगको कुराकानीमा पछिल्लो समय कोरोना संक्रमण बढ्दै गएको र यसलाई नियन्त्रणमा ल्याउन सबैले पहल गर्नुपर्ने बताउनुभएको छ ।
उहाँले भन्नुभयो “कोरोना महामारी तीव्ररुपमा वृद्धि भइरहेको छ । संक्रमण नियन्त्रणका लागि सबै सजग हुन नसकेमा दैनिक ११ हजारसम्म संक्रमित देखिन सक्ने मन्त्रालयको प्रक्षेपण रहेको छ ।”
मन्त्री त्रिपाठीले तत्काल सीमा नाका बन्द नहुने बताउनुहुँदै भन्नुभयो “बाहिरबाट आउनेलाई नाका बन्द गरेर हाम्रा नागरिकलाई आउन नदिनु त भएन नी । जनस्वास्थ्यका मापदण्ड पूरा गरेर व्यवस्थापन गरिन्छ ।”
दक्षिण छिमेकी मुलुक भारतमा तीव्र गतिमा कोरोना संक्रमण बढिरहेको भन्दै उनले मुख्य सीमा नाकामा एक हजार जनासम्म बस्नसक्ने सल्डिङ सेन्टर बनाइनेसमेत जनाएका छन् । उहाँले भन्नुभयो, “सीमामा सम्पूर्ण तयारी गरेर अस्पतालाई चुस्तदुरुस्त राख्ने कामहरु पनि सरकारले अगाडि बढाएको छ ।”
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

