जनस्वास्थ्य सरोकार । भारतमा कोरोना भाइरसको दोस्रो लहर झन् भयावह बन्दै गएको छ । दैनिक लाखौंको संख्यामा कोरोना संक्रमित भेटिन थालेका छन् ।
बुधबार देशभर एक लाख ८५ हजार कोरोनाका नयाँ संक्रमित फेला परेको भारतीय केन्द्रीय स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
मंगलबार भने एक लाख ६१ हजार नयाँ संक्रमित भेटिएका थिए । केन्द्रीय स्वास्थ्य मन्त्रालयका अनुसार बितेको २४ घण्टामा भारतमा एक लाख ८५ हजार २ सय ४८ जना कोरोनाका नयाँ संक्रमित फेला परेका छन् । सोही अवधिमा एक हजार २५ जनाको मउत्यु भएको छ ।
योसँगै हालसम्म भारतमा एक करोड ३८ लाख ७० हजार सातसक्ष् ३१ जना पुगेका छन् । मृतकको संख्या भने एक लाख ७२ हजार एकसय १४ पुगेको छ ।
देशभरीमा देखिएका संक्रमितहरुको संख्यामध्ये ८८ प्रतिशत १० राज्यमै देखिएको छ । केन्द्रीय स्वास्थ्य मन्त्रालयले मंगलबार महाराष्ट्र, उत्तर प्रदेश, छत्तीसगढ, दिल्ली, कर्नाटक, तमिलनाडु, मध्य प्रेदश, गुजरात, राजस्थान र केरलमा दैनिक हजारौंको संख्यामा कोरोना संक्रमित बढिरहेको जानकारी दिएको छ ।
जसमध्ये केन्द्रीय राजधानीसमेत रहेको महाराष्ट्रमा हालत खराब छ । जहाँ बुधबार ६० हजार २ सय १२ जना नयाँ संक्रमित फेला परे भने, २८१ जनाको मृत्यु भएको छ ।
गम्भरि अवस्थालाई मध्यनजर गर्दै सरकारले आवदेखि १५ दिनसम्मका लागि राति आठ बजेदेखि राज्यव्यापी कर्फ्यू जारी गरेको छ ।
महाराष्ट्रको स्वास्थ्य विभागले हालसम्म राज्यमा ५ लाख १९ हजार २ सय ९ जना संक्रमित भएको र ५८ हजार ५ सय २६ जनाको मृत्यु भएको जानकारी दिएको छ ।
राष्ट्रिय राजधानी दिल्ली सबैभन्दा बढी प्रभावित बनेको छ । जहाँ मंगलबार १ हजार चारसय ६८ जना नयाँ संक्रमित भेटिएका छन् भने, ८१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । अहिलेसमम मुम्बईमा सबैभनदा बढी ९ हजार ९८६ जना संक्रमित मंगलबार फेला परेका छन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

