जनस्वास्थ्य सरोकार, काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ६ सय ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न स्थानमा ४ हजार २ सय ८९ वटा पीसीआर र ४ सय ५१ वटा एन्टिजोन परीक्षण गर्दा ६ सय ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
हाल नेपालमा ४ हजार ५६ वटा कोरोनाका सक्रिय केसहरु रहेका छन् । जसमध्ये ३ हजार ५ सय ९९ जना होम आइसोलेशनमा रहरेका छन् । त्यस्तै, ४ सय ५७ जना संस्थागत आइसोलेशनमा रहेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पछिल्लो २४ घन्टामा ४ हजार २ सय ८९ जनाको पीसीआर परीक्षण गर्दा ५ सय ८० जनामा कोरोना पुष्टि भएको हो, भने ४ सय ५१ जनामा एन्टिजेन परीक्षण गर्दा २३ जनामा कोरोना पुष्टि भएको हो ।
यसैबीच पछिल्लो २४ घण्टामा नेपालमा १२९ जना संक्रमितहरु कोरोनामुक्त भएका छन् ।
प्रकाशित मिति: बुधबार, वैशाख १, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


