जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा एकैदिन करिब २ लाख मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको छ ।
हिजो भारतभर १ लाख ९९ हजार ६ सय २० जनामा कोरोना संक्रमण पुष्टी भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।
भारतमा एक लाख संक्रमित पुगेको १० दिनमै दैनिक संक्रमितको संख्या दोब्बर भएको जनाइएको छ ।
संक्रमण बढेसँगै भारतमा संक्रमितहरूले ज्यान गुमाउनेको संख्या पनि बढेको छ । १० दिनअघि कोरोनाबाट मृत्यु हुनेको संख्या दैनिक रूपमा ५ सयभन्दा कम रहेको भारतमा हिजो एकैदिन १ हजार ३८ जना संक्रमितको मृत्यु भएको छ ।
दैनिक मृत्युको यो संख्या गत अक्टोबर २ पछि सबैभन्दा धेरै हो । यसैबीच भारतको उत्तराखण्डको हरिद्वारमा कुम्भ मेलामा सहभागीमध्ये अहिलेसम्म १२ सय ७८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
उत्तराखण्ड र उत्तर प्रदेशका मुख्यमन्त्रीहरूमा पनि अहिले कोरोना संक्रमण भएको छ । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

