जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा पनि कोभिड-१९ को ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको छ । ललितपुरमा संकलन गरिएको नमुनामा ‘डबल म्युटेन्ट भेरिएन्ट’ फेला परेको हो ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा. कृष्ण पौडेलका अनुसार मुलुकमै पहिलो पटक यस्तो भेरिएन्ट भेटिएको हो । यो संक्रमणको विकास नेपालबाटै भएको हो वा भारतसँग सम्बन्धित छ भनेर अनुसन्धान सुरु गरिएको छ ।
निर्देशक डा. पौडेलका अनुसार १५ वटा नमुनामध्ये एस-जीन नेगेटिभ भएका १० र पोजेटिभ भएका ५ नमुना हङ्कङस्थित विश्व स्वास्थ्य सङ्गठनबाट मान्यताप्राप्त प्रयोगशालामा पठाइएको थियो । त्यसमा १० वटा एस-जीन नेगेटिभमध्ये २१ देखि ५९ उमेर समूहका ९ जनामा यूके भेरिअन्ट भएको प्रमाणित भएको हो ।
त्यस्तै ५ जनामध्ये एक जनामा डबल म्युटेन्ट भाइरस फेला परेको निर्देशक डा. पौडेलले बताउनुभयो । डबल म्युटेन्ट भेरिएन्ट भनेको एकै भाइरस परिवर्तन भई दुई प्रकारको स्वरूप देखिनु हो । भाइरसले आफूलाई लामो समयसम्म प्रभावकारी बनाउन आफ्नो जेनेटिक संरचनामा परिवर्तन गरिरहन्छ ।
नेपालमा हालसम्म १५८ जनामा यूके भेरिअन्ट पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तीमध्ये सबैभन्दा धेरै ३८ जना २१ देखि ३० वर्षका र ३६ जना ३१ देखि ४० वर्षका छन् । १ देखि २० वर्षका मानिसहरूमा पनि यो भेरिअन्ट फैलिरहेको पाइएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

