जनस्वास्थ्य सरोकार, काठमाडौँ । वीरगञ्ज महानगरपालिकामा कोरोना संक्रमणको संख्या बढ्दै गएको छ । नारायणी अस्पतालमा पीसीआर र एन्टिजेन परिक्षण गर्दा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बीरगञ्जको नारायणी अस्पतालमा ७५ जनाको पीसीआर र ३ जनाको एन्टिजेन परिक्षण गर्दा थप ३८ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो ।
परिक्षण गरिएका मध्ये १६ महिला र २२ पुरुषको रिर्पोट पोजिटिभ आएको छ । संक्रमित पुष्टि हुनेहरुमा बीरगञ्ज महानगरपालिका वडा नम्बर ३,४, ५, ६, ७, ८, १०, १२, १४, १६ का ३१ जना रहेका छन् ।
उता बाराको जितपुर–सिमरा उपमहानगरपालिका वडा नम्बर १० र २४ मा २ तथा कलैया उपमहानगरपालिका वडा नम्बर ४ मा १ गरी ३ जनामा कोरोना पुष्टि भएको छ भने रौतहटको गढीमाई नगरपालिका वडा नम्बर ७ र २७ मा २ जना रहेका छन् ।
त्यसैगरी प्रदेश ३ स्थित मकवानपुर जिल्लाको हेटौडा उपमहानगरपालकिा वडा नमबर ५ का १ र काठमाण्डौँ जिल्लाको तारकेश्वर नगरपालिकाका १ गरी २ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. दासले बताउनुभयो । संक्रमितहरुको सिटी भ्यालू १४.७ देखि ३४.१ सम्म रहेको उहाँले बताउनुभयो ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


