
जनस्वास्थ्य सरोकार, ललितपुर । सर्वसाधारणले आज र भोलि ललितपुरका ५ वटा निजी अस्पतालहरुबाट निःशुल्क कोरोनाको खोप लगाउँदै छन् ।
अत्यधिक सर्वसाधारणको खोप पहुँच पुर्याउने उद्देश्यले ललितपुर जिल्ला प्रशासन कार्यालयले जिल्लाका ५ वटा निजी अस्पतालहरबाट शनिबार र आइतबार सो सुविधा उपलब्ध गराएको हो ।
यसरी खोप उपलब्ध गराउने अस्पालहरुमा सानेपास्थित स्टार हस्पिटल, अल्का, सुमेरू, मेडिसिटी र निदान अस्पताल रहेका छन् । १८ वर्ष पुगेका र ५९ वर्ष ननाघेका नागरिकहरूले बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाउन पाउनेछन्।
पहिलो चरण अन्तर्गत सर्वसाधारणले चीन सरकारले उपलब्ध गराएको भेरोसेल खोप जिल्लाका सर्वधारणले लगाउन पाउने छन् ।
प्रकाशित मिति: शनिबार, वैशाख ४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


