जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो केहि दिनदेखि दैनिक २ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ६१ हजार ५०० संक्रमित थपिएका छन्। भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या यो हालसम्म कै सबैभन्दा बढी हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको छ।
सोहि अवधिमा १ लाख ३८ हजार ४२३ जना भने संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७७ हजार १५० जनाको मृत्यु भइसकेको छ।
भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख १ हजार ३१६ रहेको छ। आउने दिनमा संक्रमितको संख्या थप वृद्धि हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो केहि दिनदेखि दैनिक २ लाख भन्दा बढीमा कोरोना भाइरसको संक्रमण पुष्टि भइरहेको छ ।
भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप २ लाख ६१ हजार ५०० संक्रमित थपिएका छन्। भारतमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या यो हालसम्म कै सबैभन्दा बढी हो। यससँगै भारतमा कूल संक्रमितको संख्या १ करोड ४७ लाख ८८ हजार १०९ पुगेको छ।
यस्तै,। १ लाख ३८ हजार ४२३ जना भने संक्रमण मुक्त भएको मन्त्रालयले जनाएको छ।
पछिल्लो २४ घण्टामा १ हजार ५०१ जनाको संक्रमणका कारण मृत्यु भएको छ। भारतमा हालसम्म १ लाख ७७ हजार १५० जनाको मृत्यु भइसकेको छ।
भारतमा हाल सक्रिय कोरोना संक्रमितको संख्या १८ लाख १ हजार ३१६ रहेको छ। आउने दिनमा संक्रमितको संख्या थप वृद्धि हुने भन्दै सतर्कता अपनाउन आग्रह गरिएको छ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३