जनस्वास्थ्य सरोकार, काठमाडौँ । ऐँसेलुखर्क गाउँपालिकाले अस्पताल निर्माणका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने पाँच दातालाई सम्मान गरेको छ । प्राथमिक स्वास्थ्य केन्द्र ऐँसेलुखर्कको पछाडिपट्टि निर्माण हुने १५ शय्याको अस्पतालका लागि आवश्यक जग्गा निःशुल्क प्रदान गर्ने दातालाई गाउँपालिकाले दोसल्ला ओढाएर सम्मान गरेको हो ।
अस्पताल निर्माणका लागि सात रोपनी आठ आना एक दाम जग्गा दिने वडा नं ३ का पर्शुराम राजभण्डारी, छ रोपनी १३ आना दुई दाम दुई पैसा जग्गा दिने रामकुमार कालीकोटे, पाँच रोपनी जग्गा दिने प्रभुनारायण राजभण्डारी, दुई रोपनी जग्गा दिने विष्णु राजभण्डारी र एक रोपनी १२ आना जग्गा दिने स्व गोविन्द राजभण्डारीकी श्रीमती लक्ष्मी गिरी श्रेष्ठलाई सम्मान गरिएको छ ।
उनीहरूबाट २३ रोपनी एक आना दुई दाम तीन पैसा जग्गा अस्पताललाई निःशुल्क प्राप्त भएको गाउँपालिका प्रमुख विश्वनाथ निरौलाले बताए । सङ्घीय सरकारको रु १८ करोड बजेटमा निर्माण हुने अस्पतालको प्रदेश नं १ का प्रदेशसभा सदस्य राजन राईले यसअघि नै शिलान्यास गरिसकिएको छ ।
दश स्थानीय तह रहेको जिल्लाका अन्य स्थानीय तहमा भने यसअघि नै अस्पताल निर्माणको काम शुरु गरिसकिएको जनाइएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

