जनस्वास्थ्य सरोकार, वीरगञ्ज । पछिल्लो समय बारा र पर्सामा कोरोना संक्रमितको संख्या बढ्दै गएको छ । वीरगञ्ज महानगरपालिकाको नारायणी अस्पतालमा गरिएको पीसीआर परिक्षणमा पर्साका ३९ र बाराका ६ गरी थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
वीरगञ्जको नारायणी अस्पतालमा ९० जनाको पीसीआर परिक्षण गर्दा थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. सरोजरोशन दासले जानकारी दिनुभयो । परिक्षण गरिएका मध्ये १९ महिला र २६ पुरुषको रिर्पोट पोजिटिभ आएको छ । संक्रमित पुष्टि हुनेहरुमा पर्सा जिल्लाको बीरगञ्ज महानगरपालिकामा ३८ जना र पर्सागढी नगरपालिकामा १ जना गरि ३९ जनामा संक्रमण पुष्टि भएको छ ।
उता बाराको जितपुर–सिमरा उपमहानगरपालिकामा २, फेटा गाउपालिकामा १ , परवानीपुर गाउपालिकामा १, त्यैगरी कलैया उपमहानगरपालिकामा १ र करैयामाई गाउपालिकामा १ गरी ६ जनामा कोरोना संक्रमण पुष्टि भएको डा. दासले बताउनुभयो । संक्रमितहरुको सिटी भ्यालू १४.६ देखि ३५ सम्म रहेको छ । हाल १४ जना कोरोना संक्रमित नारायणी अस्पतालको आईसोलेसन वार्डमा उपचाररत रहेका छन् । पछिल्लो समय बिरगंजमा परिक्षणको आधा जतिमा कोरोना संक्रमण पुष्टि हुदै आएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

