जनस्वास्थ्य सरोकार, काठमाडौँ । शिक्षकमा कोरोना संक्रमण देखिएपछि काठमाडौँको मध्यवानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालय बन्द गरिएको छ । संक्रमण फैलिन नदिन एक साता विद्यालय बन्द गरिएको प्रधानाध्यापक रामाशिष यादवले जानकारी दिनुभयो ।
उहाँका अनुसार विद्यालयको बिहानी शैक्षिक सत्रका शिक्षकमा कारोना संक्रमण पुष्टि भएपछि आइतबार (आज) पहिलो पिरियड पढाएर एक हप्ताको लागि विद्यालय बन्द गरिएको छ ।
'एक जना शिक्षकमा कोरोना देखिएपछि विद्यालय व्यवस्थापन समिति र प्रशासनको सल्लाहमा विद्यालय बन्द गर्ने निर्णय गर्यौँ ।' उहाँले भन्नुभयो 'अरु शिक्षकको पनि पीसीआर गर्न पठाएका छौँ ।’
काठमाडौँ महानगरपालिकाले पनि वैशाख ३ गते सूचना जारी गरी कोरोना संक्रमण देखिएका विद्यालय कम्तिमा एक साताको लागि बन्द गर्न आग्रह गरेको थियो ।
महानगरले संक्रमण नदेखिएका विद्यालयमा स्वास्थ्य मापदण्डका नियम कडाईका साथ पालना गरी पठनपाठन गर्न भनेको छ ।
यसअघि प्रर्दशनी मार्गमा रहेको पद्मोदय माध्यामिक विद्यालय, नक्सालमा रहेको नन्दीरात्री माध्यमिक विद्यालय र चावहिलमा रहेको मित्र आधारभूत विद्यालयका शिक्षक तथा विद्यार्थीहरुमा संक्रमण देखिएपछि विद्यालय बन्द गरिएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

