
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले शहरी क्षेत्र र संक्रमणको जोखिम भएका जिल्लाका विद्यालयमा अध्ययरत विद्यार्थीहरुको भौतिक उपस्थिति रोकेर आगामी वैशाख मसान्तसम्म भर्चुअल अध्ययन अध्यापन गराउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसमा सो निर्णय गरेको हो ।
स्वास्थ्य मन्त्रालयले काठमाडौं, भक्तपुर, ललितपुरसहित १५ सहरका विद्यालय बन्द गर्नुपर्ने सुझाएको छ । मन्त्रालयले काठमाडौं, ललितपुर, कास्की, रूपन्देही, चितवन, बाँके, पर्सा, भक्तपुर, कैलाली, मोरङ, दाङ, सुर्खेत, बारा र बागलुङलाई अति प्रभावित जिल्लामा वर्गीकरण गरेको छ ।
बैशाख मसान्तसम्म भर्चुअल वा वैकल्पिक शिक्षण सिकाइका विधिहरु अपनाइ संचालन गर्ने, मेडिकल शिक्षाको प्रयोगात्मक कक्षा र पूर्वनिर्धारित परिक्षा जनस्वास्थ्यका मापदण्ड अपनाइ संचालन गर्ने सरकारले निर्णय गरेको छ । एसईई परीक्षाबारे भने मन्त्रिपरिषद्ले कुनै निर्णय गरेको छैन ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

