
जनस्वास्थ्य सरोकार, काठमाडौं । सरकारले सिनेमा हल, रात्रीकालिन मनोरन्जन क्षेत्र, डान्सबार, क्लब, दोहोरी, नाचघर, पार्टी प्यालेस, हेल्थ क्लब, जिमखाना, स्वीमिङ पुल, सभा, आमसभा, जुलुस, हाटबजार, दर्शकसहितको रंगशाला हुने खेलकुद, भीडभाड हुने सबै कार्यक्रम आगामी वैशाख मसान्तसम्म बन्द गर्ने निर्णय गरेको छ ।
आज बसेको मन्त्री परिषद् बैठकले जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्न कठिन हुने र जोखिम कायमै हुने भएकाले कोभिड—१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को सिफारिसरमा सो निर्णय गरेको हो । साथै मठ मन्दिर, मस्जिद गुम्बामा नित्य पूजा मात्र गराउने निर्णय पनि भएको छ । सो निर्णय आज देखिनै लागू हुने जनाइएको छ ।
रेष्टुरेन्टहरुको हकमा भने सुरक्षा मापदण्ड अपनाएर राति १० बजेसम्म खोल्न दिने र त्यसपछि भने बन्द गर्नुपर्ने छ । यसैगरी सवारी साधान,कार्यालय,सार्वजनिक स्थानहरुमा स्वास्थ्य सुरक्षाका मापदण्डहरु कडा रुपमा पालना गर्नुपर्नेछ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

