जनस्वास्थ्य सरोकार, काठमाडौं । कोरोना भाइरस (कोभिड—१९) विरुद्धको दोस्रो चरणको खोप आजदेखि लगाइँदैछ । पहिलो चरणमा खोप लगाएकहरु दोस्रो चरणमा सहभागी हुनेछन् । पाँच दिनसम्म लगाइने दोस्रो चरणको खोप वैशाख ११ गतेसम्म जारी रहनेछ ।
२०७७ माघ १४ गतेदेखि फागुन १० गतेसम्म पहिलो चरणको खोप अभियान शुरु भएको थियो । पहिलो चरणमा स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार, कुटनीतिक नियोगका कर्मचारी, सार्वजनिक संस्थान तथा बैंक र बित्तिय संस्थामा कार्यरत कर्मचारीहरुलाई दिइएको थियो ।
पहिलो चरणमा ४ लाख ३८ हजार ८ सय ७९ जनाले कोरोनाविरुद्धको कोभिशिल्ड खोप लगाएका थिए । खोप अभियान मुलुकभर सञ्चालन हुने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । खोप लगाउन पहिलो चरणमा लगाएको खोप कार्ड लिएर जानुपर्नेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


