
जनस्वास्थ्य सरोकार, काठमाडौँ । जापानका अनुसन्धानकर्मीहरूले पाँच मिनेटमै कोभिड-१९ को सङ्क्रमण भए नभएको बारेमा थाहा पाउने प्रविधि ल्याएका छन् ।
जापानको रिकेन रिसर्च इन्स्टिच्युट र युनिभर्सिटी अफ टोकियोका अनुसन्धानकर्मीहरूले कोभिड जाँचका लागि नयाँ प्रविधिको विकास गरेको विभिन्न सञ्चारमाध्यमले जनाएका छन् ।
जापानलगायत अहिले अधिकांश देशमा पीसीआर टेस्ट नै प्रचलनमा छ । तर यस्तो प्रविधिबाट रिपोर्ट थाहा पाउन कम्तीमा एक घण्टा लाग्छ ।
जापानी अनुसन्धानकर्मीहरूले विकास गरेको नयाँ प्रविधिबाट कोभिड संक्रमण जाँचको ५ मिनेटभित्रै रिपोर्ट देखाउने उल्लेख गरिएको छ ।
-एजेन्सी
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


