
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोभिड-१९ संक्रमितले दिनदिनै रेकर्ड ब्रेक गर्न थालेपछि बाँके जिल्ला कोभिड १९ संकट व्यवस्थापन समिति अन्ततः ‘लकडाउन’ गर्ने निश्कर्षमा पुगेको छ । डीसीसीएमसीको मंगलबार बसेको बैठकले जिल्लामा संक्रमणको महामारी रोकथाम गर्न बैशाख ९ गतेबाट जिल्लामा ‘लकडाउन’ गर्न सिफारिस गर्ने निर्णय गरेको छ ।
बिगत एक हप्ताबाट हरेक दिन सयौंको संख्यामा संक्रमित थपिंदै गएपछि डीसीसीएमसीले लकडाउनको सिफारिस गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेललाले जानकारी दिनुभयो । संक्रमणको दर र त्यसबाट मृत्युदर समेत उच्च भएपछि सरोकारवालाहरूले बाँकेमा लकडाउन आवश्यक रहेको बताउन थालेका थिए । एकै दिन ठूलो संख्यामा संक्रमित थपिने र त्यसमा पनि गम्भीर प्रकृतिको संक्रमितको संख्या उच्च भएपछि बाँकेका सबै कोरोना बिशेष वार्डहरू भरिभराउ भएका छन् ।
प्रकाशित मिति: मंगलबार, वैशाख ७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


