जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप २३ सय ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। ८ हजार ८४४ जनाको पीसीआर र ८०३ जनाको एन्टिजेन परीक्षण गराउँदा २३ सय ५१ जनामा कोरोना पुष्टि भएको हो।
पीसीआर परीक्षणबाट २२ सय २० जना र एन्टिजेन परीक्षणबाट ११ सय ३१ जनागरी २३ सय५१ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा। जागेश्वर गौतमले जानकारी दिनुभयो ।
कोरोना संक्रमित मध्ये काठमाडौं उपत्याकामा मात्रै ११ सय ५१ जना कोरोना संक्रमित थपिएका छन्। भक्तपुरमा ८४, ललितपुरमा १८१ र काठमाडौंमा ७८६ गरी १ हजार ५१ जनामा संक्रमण देखिएको मन्त्रालयले पुष्टि गरेको छ।
मन्त्रालयका अनुसार १० हजार ५८२ जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घन्टामा २८७ जना कोरोनामुक्त भएका छन्। बुधबार १८० जना आइसीयूमा र ४७ जना भेन्टिलेटरमा उपचारत छन्।
नेपालमा कोरोना भाइरस (कोभिड—१९) बाट थप ११ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यो सँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ३१ सय २ पुगेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

