जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालमा कोरोना ग्राफ उकालो लाग्ने क्रम जारी छ । एक साताको अवधिमा कोरोना संक्रमितको संख्या चार गुणाले बृद्धि भएको छ । २०७७ चैत ३० देखि २०७८ बैशाख ८ गतेसम्म (दश दिनको अवधिमा ) दश हजार बढी कारोना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिनप्रति दिन तीब्र रुपमा संक्रमण दर बढिरहेको बताउँदै अत्यावश्यक काम नपरी घर बाहिर ननिस्कन आग्रह गरेको छ ।
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणको संख्या दोब्बर भइरहेको बताउँदै अत्यन्त जरुरी नपरी घर बाहिर ननिस्कन अनुरोध गर्नुभयो ।
नेपालमा संरचनाले धान्नै नसक्ने गरी बिरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको प्रवक्ता डा. गौतमको भनाई छ । उहाँले भन्नुभयो- ‘हरेक चार दिनमा संक्रमण दोब्बर भइरहेको छ । डबलिङ टाइम चार दिन रहेको छ । र हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी विरामीहरुको संख्या बढ्ने संकेत प्राप्त भएको छ ।'
यसकारण अत्यन्त जरुरी नपरी घरबाट बाहिर ननिस्कन, सभा, भेला–गोष्ठी, सेमिनार, मिटिङ, जात्रा नगर्न र नागरिक जीवनहरुको रक्षा गर्न सम्पूर्णमा अनुरोध गर्दछु ।’
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

