जनस्वास्थ्य सरोकार, काठमाडौँ । भेरी अस्पतालको प्रयोगशालामा गरिएको नमुना परीक्षणमा एकै दिन दुई सय बढीमा कोरोना पुष्टि भएको छ। ३५० जनाको आरटी पिसिआर परीक्षण गर्दा २ सय ४ जनामा कोरोना पुष्टि भएको हो।
कुल संक्रमितमध्ये बाँके जिल्लामा सबैभन्दा धेरै कोरोना संक्रमित भेटिएको छ। बाँकेमा मात्र १ सय ५४ जनामा कोरोना पुष्टि भएको अस्पतालले जनाएको छ।
बर्दियामा २६, आर्मी अस्पतालमा ८, दैलेख र दाङमा समान ३/३ जना, कैलाली, एन.ए, पश्चिम रुकुममा २÷२ जना, जुम्ला, कपिलवस्तु, मकवानपुर र सुर्खेतको १/१ जनामा कोरोना भेटिएको अस्पतालले जनाएको छ।
संक्रमित औसत उमेर ३४ दशमलव ४४ वर्ष रहेका छन्। जसमध्ये न्यूनतम २ देखि अधिकतम ८१ वर्षसम्मका रहेको अस्पतालले जनाएको छ।
प्रकाशित मिति: बिहीबार, वैशाख ९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


