
जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी आर्थिक बर्षको बजेट निर्माण गर्दा कोभिड संक्रमण व्यवस्थापन र खोप खरिदलाई उच्च प्राथमिकतामा राखेको जनाएको छ।
प्रतिनिधिसभा अन्तरगतको अर्थ समितिको आजको बैठकमा मन्त्रालयले स्वास्थ्य संस्था तथा सेवा विस्तार , सुरक्षित मातृत्व तथा प्रजनन् स्वास्थ्य सबलिकरण,एकीकृत खोप तथा पोषण कार्यक्रम र एकिकृत रोग रोकथाम तथा नियन्त्रण कार्यक्रम पनि प्राथमिकतामा रहेको जनाएको छ।
प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिको आजको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका पदाधिकारीहरुले आगामी बजेटमा स्वास्थ्य वीमा कार्यक्रम र एकीकृत स्वास्थ्य सूचना व्यवस्थापन तथा डिजिटल हेल्थ पनि प्राथमिकतामा रहेको बताउनुभयो।
चालु आर्थिक बर्षको दोश्रो चौमासिकसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको पुँजिगत खर्च ९ दशमलव नौ छ प्रतिशत र चालु खर्च ३४ प्रतिशत भएको छ।
यो अवधिमा कोभिड १९ पहिचान , रोकथाम, नियन्त्रण र उपचारमा कुल ५ अर्ब १७ करोड ७२ लाख ८३ हजार खर्च भएको जानकारी गराइयो।
खोप कार्यक्रमका लागी २ अर्ब ५४ करोड ५८ लाख रुपैयाँ भुक्तानी दिन बाकी रहेको मन्त्रालयले जनाएको छ।
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


