जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घन्टामा थप २४ सय २८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। १० हजार १ जनाको पीसीआर र ४४७ जनाको एन्टिजेन परीक्षण गराउँदा २४ सय २८ जनामा कोरोना पुष्टि भएको हो।
पीसीआर परीक्षणबाट २३ सय ६५ जना र एन्टिजेन परीक्षणबाट ६३ जनागरी २४ सय २८ जनामा कोरोना संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका अनुसार १२ हजार ६९० जना कोरोनाका सक्रिय संक्रमित छन्। यस्तै पछिल्लो २४ घन्टामा २५२ जना कोरोनामुक्त भएका छन्।
नेपालमा हालसम्म २ लाख ७६ हजार ३४५ जना निको भएका छन् भने कुल संक्रमितको संख्या २ लाख ९२ हजार १५२ पुगेको छ । कुल मृतकको संख्या ३ हजार ११७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयका अनुसार २५ घण्टामा ५ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । यससँगै मृतकको संख्या ३ हजार १ सय १७ पुगेको मन्त्रालयले जनाएको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

