
जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतको राजधानी दिल्लीका ६ वटा मुख्य अस्पतालमा विरामीको जीवन रक्षाका लागि अतिआवश्यक अक्सिजन पूर्ण रुपमा सकिएको छ ।
अन्य अस्पतालहरुमा पनि केही घन्टाका लागि मात्रै अक्सिजन आपूर्ति हुनसक्ने चिकित्सकहरुले बताएका छन् । पछिल्लो समय दिल्लीमा अक्सिजन नपाएर मर्नेहरुको संख्या दिनदिनै बढिरहेको छ ।
अक्सिजन कुर्दाकुर्दै छट्पटाएर जीवन गुमाउनेहरुको कारुणिक दृश्य दिल्लीका अस्पतालहरुमा बढिरहेको छ । अस्पतालका सघन उपचार कक्षका शैयाहरु ९९ प्रतिशत विरामीले भरिएका छन् । भारत दोस्रो लहरको संक्रमणका कारण विश्वमै सबैभन्दा प्रभावित छ । दैनिक संक्रमण अहिलेसम्मकै उच्च देखिएको छ ।
भारतमा पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ३२ हजारभन्दा बढी नयाँ संक्रमित थपिएका छन् । संक्रमण मात्रै होइन दैनिक मृत्युदर पनि विश्वमै भारतको सबैभन्दा उच्च छ ।
कोरोना संक्रमणका कारण पछिल्लो २४ घन्टामा मात्रै २ हजार २ सय भन्दा बढीको मृत्यु भएको छ । भारतमा हालसम्म संक्रमित हुनेको संख्या १ करोड ६२ लाख रहेको छ । संक्रमणकै कारण ज्यान गुमाउनेको संख्या पनि १ लाख ८७ हजार नजिक पुगेको छ । एजेन्सी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

