जनस्वास्थ्य सरोकार । भारतमा मुम्बई नजिकैको कोभिड बिरामी उपचाररत अस्पतालको सघन उपचार कक्ष, आईसीयूमा भएको आगलागीमा कम्तीमा १३ जनाको मृत्यु भएको छ।
शुक्रवार बिहान लागेको आगो निभाइएको र जीवित चार बिरामीलाई अन्य अस्पतालमा सारिएको अधिकारीहरूले बताएका छन्।
यो घटना भारतमा कोरोनाभाइरस सङ्क्रमणको घातक दोस्रो लहर चलिरहँदा भएको छ।
दोस्रो लहरका कारण अस्पतालहरूमा बिरामीको भिड छ र तिनमा अक्सिजन, आईसीयू शय्या र भेन्टिलेटरको कमी भएको छ।
शुक्रवार भारतमा तीन लाख ३२ हजार सात सय ३० जनामा सङ्क्रमण पुष्टि भएको छ जुन संसारका कुनै पनि देशमा एक दिनमा पुष्टि भएको सर्वाधिक सङ्क्रमण सङ्ख्या हो।
शुक्रवार प्राप्त पछिल्लो विवरण अनुसार त्यहाँ थप २,२६३ जनाको मृत्यु भएको छ जुन भारतमा हालसम्मको सर्वाधिक दैनिक मृत्यु सङ्ख्या हो।
आगलागी महाराष्ट्र राज्यमा मुम्बईभन्दा ७० किलोमिटर पर रहेको विरार क्षेत्रको विजय वल्लभ अस्पतालमा भएको थियो।
आगलागी कसरी सुरु भयो भन्ने स्पष्ट छैन र महाराष्ट्रमा मुख्यमन्त्रीले अनुसन्धान गर्ने आदेश दिएका छन्। बीबीसी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

