
जनस्वास्थ्य सरोकार, काठमाडौँ । देशभर थप दुई हजार ५५९ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ। बितेको २४ घण्टामा नौ हजार ६६४ जनाको रियल टाइम पीसीआर र एन्टीजेन विधिबाट परीक्षण गर्दा २५ सयभन्दा बढीमा संक्रमण देखिएको हो।
पछिल्लो २४ घण्टामा ४१० जना संक्रमणमुक्त भएका छन्। हालसम्म नेपालमा दुई लाख ९४ हजार ६०१ जना कोरोना संक्रमित भएकोमा दुई लाख ७६ हजार ७५५ जना निको भइसकेका छन्। संक्रमण निको हुने दर ९३ दशमलव ९ प्रतिशत रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
कोरोना संक्रमणबाट थप पाँच जनाको मृत्यु भएको छ। योसँगै नेपालमा संक्रमणका कारण मृत्यु हुनेको संख्या तीन हजार १२२ पुगेको छ।
शुक्रबार थपिएका संक्रमितसँगै देशमा सक्रिय संक्रमितको संख्या १४ हजार ७२४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १०, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


