जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा सघन उपचारका लागि शैया, औषधि र अक्सिजनको अभाव भएपछि बढ्दो संक्रमणसँगै मृत्यु हुनेको संख्या पनि दिनप्रति दिन बढिरहेको छ ।
भारतमा पछिल्लो २४ घन्टामा मात्रै झण्डै २ हजार ८ सय जनाको कोरोना संक्रमणकै कारण मृत्यु भएको छ । भारतमा लगातार रुपमा एकैदिनमा संक्रमित हुनेको संख्या बढिरहेको छ ।
पछिल्लो २४ घन्टामा मात्रै ३ लाख ५० हजार नजिक नयाँ संक्रमित थपिएका छन् । भारतले प्रत्येक दिन उच्च संक्रमणको किर्तिमान नै कायम गरिरहेको छ ।
संक्रमितको संख्या बढेसँगै गम्भीर विरामी हुनेको संख्या पनि बढिरहेको छ । राजधानी दिल्ली लगायतका अन्य शहरका अस्पतालमा सघन उपचार आवश्यक पर्ने विरामीको संख्या लगातार रुपमा बढेपनि शैयाको अभावका साथै अक्सिजन र औषधि नहुँदा विरामीको मृत्यु भइरहेको छ ।
भारतमा हालसम्म कोरोनाका कारण मृत्यु हुनेको संख्या १ लाख ९२ हजार नाघेको छ । यसैगरी कुल संक्रमितको संख्या पनि १ करोड ७० लाख नजिक पुगेको छ ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

