जनस्वास्थ्य सरोकार, काठमाडौँ । पछिल्लो २४ घण्टामा ३ हजार १२२ जनामा कोभिड १९ संक्रमण देखिएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका विभिन्न प्रयोगशालामा गरिएको ९ हजार २ सय ९२ पीसीआर परीक्षणबाट आइतबार ३ हजार ३२ जनामा र ७ सय ८६ एन्टिजेन परीक्षणबाट ९० जनामा संक्रमण पुष्टि भएको छ ।
हाल ६९ जना क्वारेन्टाइनमा छन्। गत २४ घण्टामा ४५० जना उपचारपछि डिस्चार्ज भएका छन्।
काठमाडौं उपत्यकामा भक्तपुरमा ९६, ललितपुरमा २७० र काठमाडौंमा ११३२ जना संक्रमित थपिएका छन्। यससँगै नेपालमा कूल संक्रमितको सङ्ख्या तीन लाख २०९ पुगेको छ।
पछिल्लो चौबिस घण्टामा देशभर थप २८ जना कोरोना संक्रमितको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार १६४ पुगेको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १२, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


