जनस्वास्थ्य सरोकार, काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले अर्को आदेश नभएसम्म भौतिक उपस्थितिमा हुने पूर्वनिर्धारित सबै परीक्षाहरु स्थगित गर्ने निर्णय गरेको छ । कोरोनाभाइरसको नयाँ प्रजाति संक्रमणको जोखिम कम गर्न आजदेखि सबै पूर्वनिर्धारित परीक्षा स्थगित गरिएको सीसीएमसीले जनाएको छ ।
सीसीएमसी सचिवालय संयोजक खगराज बरालले विज्ञप्ती जारी गर्दै आइतबारको सीसीएमसी बैठकले भौतिक उपस्थिति नभई भर्चुअल र वैकल्पिक माध्यमबाट पठनपाठन जारी राख्नेसमेत निर्णय गरेको छ । तर एसईईसी परीक्षाबारे सिसिएमसी बोलेको छैन ।

प्रकाशित मिति: सोमबार, वैशाख १३, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


