
जनस्वास्थ्य सरोकार । आर.एस. भण्डारी धुम्बराहीचोकस्थित ह्याम्स हस्पिटलका अध्यक्ष हुनुहुन्छ । कोरोना भाइरस (कोभिड—१९) पहिचान र उपचारमा विगतदेखि नै ह्याम्स हस्पिटलले खेलेको भूमिका निकै तारिफयोग्य छ । कोभिड संक्रमणको दोस्रो लहरअन्तर्गत यतिखेर हस्पिटलमा कोभिडका बिरामीहरुको चाप अत्यधिक छ । अस्पतालमा ८० वटा वेड त कोभिड बिरामीहरुले भरिभराउ छन् । सिकिस्त अवस्थाका बिरामीहरुलाई सुरक्षित रुपमा नयाँ जीवन दिन सफल भएको छ हस्पिटल । यसमा हस्पिटलका दक्ष जनशक्ति, अत्याधुनिक टेक्नोलोजी र आधुनिक भौतिक संरचनाको भूमिका महत्वपूर्ण छ । जनस्वास्थ्य सरोकारले अध्यक्ष भण्डारीसँग कोभिड—१९ कोरोना भाइरस उपचार र व्यवस्थापनबारे लिएको अन्तर्वार्ता यहाँ प्रस्तुत गरेका छौं ।
कोभिड उपचारमा अस्पतालको भूमिका बताइदिनुस् न ?
मुलुकमा कोभिडको प्रकोप बढ्दै जाँदा शुरुका दिनहरुमा कोभिड बिरामी उपचार गर्ने ह्याम्स पहिलो निजी अस्पतालको रुपमा परिचित भयो । त्यो बेलामा कतिपयको आलोचना पनि खेप्नुपर्यो । महामारीको समयमा हाम्रो सौभाग्य भनौ वा त्यो बेलाको हाम्रो सामाजिक उत्तरदायित्व थियो । यसमा ‘दुःखको घडीमा सहयोग गर्नुपर्छ’ भन्ने मानवीय नाता जोडिएको छ । साथै मुलुकमा अत्याधुनिक अस्पताल सञ्चालन गर्दाको धर्म पनि हो । यद्यपी हामी कहिल्यै पनि कोभिड बिरामीको उपचारमा चुकेनौं र चुक्नेवाला पनि छैनौं । त्यो बेला अस्पतालको पूरै टिमले उपचारमा सक्रियता देखायो । निकै राम्रो सफलता हाँसिल गर्यौं । आजको कोभिड संक्रमणको दोस्रो लहरमा पनि हामी त्यति नै सजग र सक्रिय रुपमा बिरामीको उपचारमा लागिपरेका छौं । हाम्रो अभियानमा राज्यको पनि साथ र सहयोग रहेको छ ।
कोभिड उपचारमा हामी सफल हुँदै गर्दा ह्याम्समा सिकिस्त र अन्तिम अवस्थाका कोभिड संक्रमित बिरामीहरुलाई दक्ष चिकित्सकहरुको टिम र टेक्नोलोजीको माध्यमबाट नयाँ जीवन दिन सफल भएका छौं । यो कुरा सेवाग्राहीको फिडव्याकको आधारमा हामीले बताइरहेका छौं । बाँकी पब्लिक भ्वाइस तपाईंहरु मिडियाकर्मीले क्रस चेक गर्ने कुरा हो ।
यद्यपी ह्याम्स हस्पिटलले स्वास्थ्य संकटको बेलामा देश र जनताको हितलाई सर्बोपरी ठानेर कुनै पनि बद्मासी र ह्याङ्की फ्याङ्की नहुने गरी जिम्मेवार भूमिका निभाएको कुरा निर्धक्कसाथ बताउँछु ।

वितगमा कोभिडका बिरामीहरु घट्दै र बढ्दो अवस्थामा रहेका अन्य रोगका बिरामीहरुहरुको सफल उपचार गर्न पाउँदा हामी खुशी हुँदै थियौं । फेरि अहिले दोस्रो चरणको महामारी अन्तर्गत २ हप्तादेखि हस्पिटलमा कोभिडका बिरामीहरुको चाप बढिरहेको छ ।
यसरी अस्पतालमा कोभिड बिरामीहरुको चाप बढिहरदा पहिलाको अनुभवलाई आधार मानेर ११ वटा एचडिउ लेवलको वेड र ९ वटा डेडिकेटेड आईसियू वेड थप सञ्चालनमा ल्याउन सफल भएका छौं । अहिले हस्पिटलमा कोभिडका लागि मात्र भनेर ८० वटा वेड छुट्याएका छौं । कोभिड आईसियू वेड मात्र २१ वटा छन् । सबै वेड शत्प्रतिशत भरिभराउ छन् । स्थिति अझ भयावह हुने अवस्था छ । स्थिति राम्रो छैन । हामीलाई कोभिडका लागि वेड उपलब्ध गराइदिन हरेक पटक धेरै व्यक्तिको आग्रह आउने गरेको छ । हामी सबै मिलेर होस्टेमा हैंसे गर्नुपर्छ ।
अहिले कोभिड परीक्षणबारे राज्यले अपनाएको रणनीतिबारे के भन्नुहुन्छ ?
अहिले राज्यले हस्पिटलसँग जोडिएका ल्याबहरुको पिसिआर रिपोर्टलाई मान्यता दिने रणनीति अपनाएको छ । यो निकै तारिफयोग्य छ । यसले क्वालिटी मेन्टेन र कुनै बदमासी हुन पाउँदैन । यो राज्यको इज्जतसँग पनि जोडिएको विषय हो ।

कोभिड व्यवस्थापन कसरी गरिरहेका छौं ?
धेरै दिनदेखि ज्वरो नियन्त्रण नभएकाहरुका लागि फिवर क्लिनिकबाट सेवा दिइरहेका छौं । इमर्जेन्सी विभागमा हामीसँग भएका कन्सल्टेन्सी चिकित्सकहरुले सिकित्स बिरामीहरुलाई सेवा दिइरहेका छौं । सकेसम्म आफ्नै हस्पिटलमा बिरामी निको पार्ने कोशिस गर्दछौं । उपचार प्रक्रिया राम्रो छ । ह्याम्सले नभ्याएमा अन्य हस्पिटलसँग समन्वय गरेर वेड खाली भएका अस्पतालहरुमा रिफर गर्दछौं । टेष्ट गर्दै गर्दा हस्पिटलाईज गर्नु नपर्ने खालका बिरामीहरुलाई वेसिक मेडिसिन उपलब्ध गराएर होम आइसोलेसनमा बस्न सल्लाह दिन्छौं ।
कोभिड महामारी न्युनिकरणका लागि सम्बन्धित निकायको भूमिका कस्तो हुनुपर्छ ?
अहिलेको यो कोभिड महामारीमा निजी र सरकारी नभनी सानादेखि ठूलासम्म सबै एम्यवद्ध र जिम्मेवार भएर काम गर्नुपर्छ । यसले राम्रो परिणाम निस्कन मद्धत गर्छ । कोभिड महामारीविरुद्ध राज्य र निजी क्षेत्र दुवै एकजुट भएर लड्नुपर्छ । यसलाई जसरी पनि कम क्षतिमा पार लगाउनुपर्छ भन्ने सबैको सोच र भिजन हुनुपर्छ ।
ह्याम्स हस्पिटलले आफ्नो साधन र श्रोतले भ्याएसम्म अहोरात्र खटेर सेवा दिन एकरति पनि कमी नगरी कोभिड पहिचान र उपचारमा लागिरहेको छ । राज्यले कुनै दायित्व दिएमा हामी चुक्दैनौं । राज्यसँग सहकार्य गर्न तयार छौं ।
लकडाउनबारे के भन्नुहुन्छ ?
लकडाउन अन्तिम अस्त्र हो । लकडाउनले मान्छेको गरिखाने माहौल तहस नहस अवस्था बन्छ । लकडाउनले नै सबै समस्याको समाधान गर्छ भन्ने पक्षमा म छैन । तर पनि समयले लकडाउनको माग गरेमा त्यतातिर पनि जानुपर्छ भन्ने लाग्छ । आखिर जनताको जिउ धनको सुरक्षा त चाहिन्छ नै ।

छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

