
जनस्वास्थ्य सरोकार, काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरमा १६ वैशाखदेखि निषेधाज्ञा लगाउने निर्णय भएको छ। सोमबार बसेको उपत्यकाका तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो।
काठमाडौं उपत्यकामा कोरोना नियन्त्रणको लागि एक हप्ता कडा बन्द गर्ने तयारी गरेको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताउनुभयो । उहाँले बेलुकासम्म सबै निर्णय सार्वजनिक गरिने बताउनुभयो ।
आफूहरूले अनुगमनलाई कडा बनाएको बताउँदै नागरिकलाई घर फर्कने समय दिएर बन्द गरिने पराजुलीको भनाइ छ । घर फर्कनेहरूलाई विगतमा जस्तो सास्ती नहोस् भन्नका लागि केही समय दिएर मात्र बन्द गर्ने बताउनुभयो । उहाँले घर जानेलाई पर्याप्त बसको व्यवस्था गरिने जानकारी दिनुभयो ।
उहाँका अनुसार निषेधाज्ञामा किराना पसलसँगै औषधि पसल, अस्पताल, एम्बुलेन्स, शवबाहन र प्रेसका गाडी भने चल्न दिइने छ । यसैगरी, खाद्यान्न, तरकारी, पानी, दूधजस्ता दैनिक उपभोग्य बस्तुको ढुवानी गर्ने सवारी साधनलाई पनि खुला गरिएको छ ।
बैंक, हुलाक, कर कार्यालय र सार्वजनिक सेवा प्रवाह गर्ने सरकारी कार्यालयले आधा कर्मचारी राखेर सेवा दिनुपर्ने लगायतका निर्णय भएका छन् ।
निषेधाज्ञासँगै सार्वजनिक तथा निजी यातायात पूर्ण रूपमा बन्द रहनेछन् । यस्तै, पार्टी प्यालेसमा भोज भतेरमा पूर्ण रूपमा रोक लगाइनेछ । विद्यालयहरू पूर्ण बन्द रहनेछन् । यी सँगै अत्यावश्यक बाहेकका सबै सेवाहरू बन्द रहने भट्टराईले बताए । यसैगरी, किराना पसल बाहेकका सबै पसल बन्द हुनेछन् ।


छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

