जनस्वास्थ्य सरोकार, काठमाडौँ । वैशाख १६ गतेदेखि वैशाख २२ गतेसम्म एक साताका लागि काठमाडौं जिल्लाका तिनवटै जिल्लामा निषेधाज्ञा जारी गरिएको छ । नयाँ भेरियन्टको कोभिड १९ संक्रमणको जोखिम बढ्दै गएकाले उपत्यकाका तीन जिल्ला काठमाडौं, ललितपुर र भक्तपुरका प्रमुख जिल्ला अधिकारीको संयुक्त बैठकले यस्तो निर्णय गरेको हो ।
संक्रमणको रोकथाम र नियन्त्रणका लागि संक्रमक रोग ऐन, २०२० को दफा २ र स्थानीय प्रशासन ऐन, २०१८ को दफा ६ को उपदफा ३ ले दिएको अधिकार प्रयोग गरी वैशाख १६ गते बिहान ६ बजेदेखि लागू हुनेगरी वैशाख २२ गते राति १२ सम्म निधेषाज्ञा जारी गरिएको छ ।
निषेधाज्ञाको समयमा काठमाडौं उपत्यका प्रवेश गर्ने व्यक्तिहरुले अनिवार्य रुपमा स्थानी तहले तोकेको क्वारेन्टाइन होम आइसोलसनमा बस्नुपर्ने, अत्यावश्यकबाहेकका सवारी साधन प्रवेश र सञ्चालनमा रोक, खाद्य पसल बिहान १० बजेसम्म र बेलका ५ देखि ७ बजेसम्म खुल्ला गर्नेलगायत विभिन्न निर्णय गरेको छ । हेर्नुस् निर्णय


छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

