जनस्वास्थ्य सरोकार, काठमाडौँ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना संक्रमणको दोस्रो तहर फैलिएका कारण कोभिड अस्पताललाई विशेष तयारी गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले ७ बुँदामा स्वास्थ्यकर्मीलाई लामो समय बिना नदिन, पालो निर्धारण गर्न, स्वीकृत दरबन्दीअनुसार कुनै पद रिक्त नराख्न, अस्पतालको बहिरंग सेवा, सर्जरीलगायतका सेवा स्थगित गर्न र आकस्मिक उपचारका औजार अक्सिजनको व्यवस्था गर्न भनेको छ ।
रिक्त दरबन्दीमा ६ महिनाका लागि करारमा लिएर पदपूर्ति गर्न समेत मन्त्रालयले अस्पतालहरुलाई निर्देशन दिएको छ ।
त्यस्तै स्वास्थ्यका कर्मचारीमा आलोपालो प्रणाली पनि लागु गर्ने भएको छ । स्वास्थ्य संस्थामा कार्यरत कर्मचारीहरुमध्ये ५० प्रतिशत जनशक्तिको पालो निर्धारिण गरी सेवा दिने व्यवस्था मिलाउने बैठकले निर्णय गरेको हो ।

प्रकाशित मिति: मंगलबार, वैशाख १४, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


