जनस्वास्थ्य सरोकार, काठमाडौँ । भारतमा पछिल्लो समय एउटा भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ। आन्ध्र प्रदेशको स्रिकाकुलममा खिचिएको उक्त भिडिओमा दुई जना युवकले एक जना महिलालाई बीचमा राखेर मोटरसाइकल चलाइरहेका छन्। समाचारमा जनाइएअनुसार गत सोमबार मन्डासा मन्डल गाउँकी ती ५० वर्षीय महिलालाई कोरोनाभाइरसका लक्षणहरू देखिएपछि जचाउन लगिएको थियो।
तर जाँचको रिपोर्ट नआउँदै उनको मृत्यु भयो। अस्पतालले उनको शवलाई घरसम्म लैजान कुनै सवारी व्यवस्था गर्न सकेन। त्यसपछि उनका छोरा र ज्वाइँले मोटरसाइकलमा राखेर महिलाको शव १५ किलोमिटर टाढाको घर लिएर गए। भिडिओमा छोरा र ज्वाइँले महिलाको अवस्थाबारे एक जना प्रहरीलाई बताएको देखिन्छ। मृत्युपछि आएको रिपोर्टमा ती महिलालाई कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ।
प्रकाशित मिति: बुधबार, वैशाख १५, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३
८० दिनदेखि न्यायको पर्खाइमा इन्टर्न डाक्टर: समान जिम्मेवारी, फरक सुविधा
बिहीबार, असार १८, २०८३ट्रेन्डिङ

