
जनस्वास्थ्य सरोकार । भारतमा कोरोनाभाइरस सङ्क्रमणका कारण मृत्यु हुने मानिसको सङ्ख्या निरन्तर रूपमा बढिरहेको छ । गम्भीर बिरामीहरूको उपचारका लागि आवश्यक शय्या, औषधि र अक्सिजनको चर्को अभाव देखिएको छ । ठूलो चापका कारण मृतकहरूको अन्तिम संस्कार गर्न पनि शोकाकुल परिवारले पालो कुर्नुपरेको छ ।
'हामीसँग २४ ओटा चिता बनाउने अनुमति थियो । विस्तारै त्यो संख्या ५० नाघ्यो ।' सहीद भगत सिंह सेवा दलका जितेन्दर सिंह शन्टी भन्नुहुन्छ- 'यति धेरै शव आइरहेका छन् कि मसानघाटमा दाउरानै सकियो । एकदमै नराम्रो अवस्था छ । यहि क्रम चलिरह्यो भने ४-५ दिनमा सडकमा दाहसंस्कार गर्नुपर्छ । अरु उपाय छैन ।'
शान्त शिव सेवा फाउन्डेसनका चरनजीव मल्होत्रा दशकौँदेखि दाहसंस्कारको काममा सघाउदै आउनुभएको छ । तर अहिले उहाँलाई आराम गर्ने फुर्सद छैन । उहाँ भन्नुहुन्छ -'यो भन्दा भयावह स्थिती हुनै सक्दैन । हामी भारतको राजधानी दिल्लीमा छौँ भन्ने विश्वासनै लागिरहेको छैन । यहाँ मानिसहरु जनावारझैँ मरिरहेका छन् । शव जलाउन, उठाउन समस्या छ । दाहसंस्कारका लागि पनि घण्टौ लाइन बस्नुपर्ने बाद्यता छ ।'
अस्पतालमा विरामीकै आफन्तले अक्सिजनको जोहो गर्नुपरिरहेको छ । नितीस कुमारको आमालाई कोरोना संक्रमण भयो । भेन्टिलेटरको साहयतामा उपचार गर्नुपर्ने अवस्था आएपछि उनी भेन्टिलेरको खोजिमा धेरै ठाउँ भौतारिए । अन्तत अक्सिजन अभाव भएर नितीसको आमाले ज्यान गुमाउनुपर्यो । नितीसले आफ्नी आमाको शव दुई दिन घरमा राखे । दिल्लीको घाटमा दाहसँस्कार गर्न उनको परिवारलाई पालो कुर्नुपर्यो ।
पहिलो लहका बेला दिनमा ८-१० ओटा शव आउँथे तर जितेन्दरका अनुसार अहिले दैनिक ८० ओटा शव आउँछन । बीबीसी
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

