जनस्वास्थ्य सरोकार, काठमाडौँ । सरकारले कोभिडबिरुद्धको खोप कार्यक्रम स्थगित गरेको छ । कोरोना संक्रमण दर बढ्दै गएपछि बिहिबारदेखि देखि लागू हुने गरी अहिले चलेको पहिलो र दोस्रो डोज खोप लगाउने कार्यक्रम स्थगित गरेको हो ।
स्वास्थ्य सेवा विभाग परिवार कल्याण महाशाखा अन्तरगर्तको खोप शाखा प्रमुख डा झलक गौतमले कोभिडबिरुद्धको खोप कार्यक्रम विहीबारबाट अर्को सूचना नआएसम्मका लागि स्थगित भएको बताउनुभयो ।
पछिल्ला दिनमा काठमाडौँ उपत्यकामा भेरोसेलको पहिलो डोज र केहि ठाउँमा कोभिडसिल्डको दोस्रो डोज लगाउने कार्यक्रम सञ्चालन भइरहेको थियो ।
कोभिडविरुद्धको संक्रमण बढ्दै जाँदा सरकारले काठमाडौँ उपत्यका सहित देशका विभिन्न ठाँउमा निषेधाज्ञा लागु गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


