
जनस्वास्थ्य सरोकार, बाँके । कोरोना भाइरस ९कोभिड—१९० संक्रमणको दोस्रो लहरले मुलुकमा व्यापकता लिँदै गर्दा उपचारमा संलग्न चिकित्सक र स्वास्थ्यकर्मीहरु जोखिममा पर्न थालेका छन् । बाँके जिल्लाको भेरी अस्पतालमा उपचारमा संलग्न ८ चिकित्सकसहित ८३ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको छ ।
अस्पतालमा अहिले २४२ जना संक्रमितको उपचार भइरहेको छ । । अस्पतालका अनुसार, ७५ देखि ८० प्रतिशत बिरामीलाई अक्सिजन दिनुपरेको छ । अहिले ७५ जनाको आईसीयू र ९ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।
अस्पतालमा जनशक्तिको अभाव छ । अस्पतालले ३ एनेस्थेसियोलोजिष्ट , १० जना मेडिकल अधिकृत, २ जना नर्सिङ अधिकृत, ५ जना ल्याब टेक्निसियन र ४० जना स्टाफ नर्स गरी ६० जना कर्मचारी करारमा माग गरेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


