
जनस्वास्थ्य सरोकार, काठमाडौँ । टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा सबै बेड कोभिड–१९ संक्रमितले भरिएपछि संक्रमितको व्यवस्थापन गर्न समस्या भएको छ ।
अस्पतालका निर्देशक डा. सागर राजभण्डारीका अनुसार सबै उपचारकक्षमा बेड क्षमताभन्दा बढी संक्रमित आउन थालेपछि नयाँ बिरामी भर्ना लिने अवस्था छैन । 'भएका सबै बेड भरिइसके, १४ बेड थपेर पनि नपुगेपछि अब हामी धान्न सक्दैनौँ भन्ने अवस्था आएको छ,' उहाँले भन्नुभयो ।
अस्पतालमा अहिले २२ संक्रमित आईसीयू र भेन्टिलेटरमा र ४६ जना आइसोलोसन वार्डमा उपचाररत छन् । आइसोलेसनमा रहेकामध्ये ९५ प्रतिशत बिरामी अक्सिजन सपोर्टमा राख्नुपर्ने अवस्थाका रहेका डा. राजभण्डारीले बताउनुभयो । मुलुकभर बुधबारसम्म ३१७ जना आईसीयू र ९८ जना भेन्टिलेटरमा उपचाररत छन् ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


