जनस्वास्थ्य सरोकार, बझाङ । बझाङमा बिहीबार थप १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै जिल्ला अस्पतालमा उपचारका क्रममा एक संक्रमितको मृत्यु भएको छ ।
मष्टा गाउँपालिका–५ का ५५ वर्षीय पुरुषको उपचारका क्रममा मृत्यु भएको हो । हिजो मात्र उनमा कोरोना पुष्टि भएको थियो । अस्पतालका कोरोना सम्पर्क व्यक्ति नारायण जोशीका अनुसार त्यहाँ उपचार सम्भव नभएपछि अन्यत्र लैजाने तयारी गर्दागर्दै उनको मृत्यु भएको हो ।
जिल्लामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई पुगेको छ । एक साताअघि जयपृथ्वी नगरपालिका ६ का एक ४८ वर्षीय पुरुषको मृत्यु भएको थियो । आज थपिएकासँगै जिल्लामा कोरोना संक्रमितको संख्या १२२ पुगेको छ ।
प्रकाशित मिति: बिहीबार, वैशाख १६, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


