जनस्वास्थ्य सरोकार, काठमाडोँ । पूर्वरानी कोमल शाहलाई प्लाज्मा थेरापीबाट उपचार थालिएको छ । उहाँलाई बिहीबार साँझदेखि प्लाज्मा थेरापीबाट उपचार थालिएको नर्भिक अस्पतालले जनाएको छ ।
श्वासप्रश्वासको समस्या देखिएको र अक्सिजनको समेत कमी देखिएपछि उहाँलाई बुधबार साँझ आइसियूमा सारिएको थियो । आज पनि हाई फ्लो अक्सिजनको सपोर्टमा राखिएको छ ।
अस्पतालमै उपचाररत पूर्व राजा ज्ञानेन्द्र शाहको अवस्था भने सामान्य र स्थिर छ । उहाँ पनि हाल अक्सिजनकै सामान्य सपोर्टमा हुनुहुन्छ । पूर्व अधिराजकुमारी प्रेरणाको अवस्था भने सामान्य भइसकेको छ । उहाँलाई अक्सिजनको सपोर्ट दिनु परेको छैन ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


