
जनस्वास्थ्य सरोकार, काठमाडौँ । महिलाहरुमा डिम्बबाहिनी नली बन्द भएका कारण बच्चा नहुने ठूलो समस्या छ । महिलाको डिम्बसँग पुरुषको शुक्रकीटको मिलन भएपछि मात्र डिम्बबाहिनी नलीमा बच्चा बन्छ । त्यसपछि सर्दै बच्चा पाठेघरमा आउँछ । तर यस्तो ट्यूब बन्द भएको अवस्थामा आक्कलझुक्कल डिम्बबाहिनी नलीमा बच्चा बनेपनि पाठेघरमा आउन सक्दैन ।
गर्भाशयमा समस्याः यदि महिलाको गर्भाशयमा पोलिप्स, नियोप्लासिया, दागहरू, प्लेसेंटल आदि भएमा गर्भावस्थामा बाधा पु¥याउन सक्छ । यसले गर्भपातको जोखिम बढाउँदछ । केहि अवस्थाहरूमा ग्रीवाले बलगम उत्पादन गर्दछ, शुक्राणु ग्रीवाको माध्यमबाट गर्भाशयमा यात्रा गर्दछ ।
इन्ड्रोमेट्रियोसिस (पाठेघरमा संक्रमण): एन्डोमेट्रियोसिस गर्भाशयमा हुने एक प्रकारको समस्या हो । जसमा एन्डोमेट्रियल टिश्यूहरू असामान्य बढ्न थाल्छन् र गर्भाशयबाट बाहिर फैलिन्छन् । कहिलेकाँही एन्डोमेट्रियम लेयर डिम्बमा अर्थात् ओवरी, आन्द्रा र अन्य प्रजनन अंग जस्तै गर्भाशयको बाहिरी सतहमा पनि विस्तार हुन्छन् । एन्डोमेट्रियोसिसले फेलोपियन ट्युब, अण्डाशय, लिम्फ नोड्स, र पेरिटोनियमलाई असर गर्न सक्छ । सामान्यतया गर्भाशयमा रहेको एन्डोमेट्रियल टिश्यू महिनावारीको समयमा उत्सर्जित हुन्छ, तर यो अर्को अंगमा हुँदा बाहिर आउँदैन । यदि तिनीहरू ठूला भएमा शरीरको कार्यप्रणालीमा प्रभावित गर्छ । यो समस्या कुनै संक्रमणको कारणले हुने होइन । यो त शरीरको आन्तरिक प्रणालीमा अभावको कारण हो ।
इन्डोमेन्ट्रियोसिस हुँदा महिनावारीको समयमा पेल्विसमा गम्भीर दुखाइ हुन्छ । यसमा महिलालाई मांसपेशीहरू तन्काउन गाह्रो हुन्छ । महिनावारीको अवधिमा सामान्य भन्दा बढी रक्तस्राव हुन्छ । अत्यधिक थकान, चक्कर, कब्जियतको समस्या देखिनसक्छ । यौन सम्पर्क राख्दा योनीमा अधिक दुखाइ हुन्छ । निःसन्तानको समस्या हुनसक्छ । महिनाबारी नहुँदा पनि पेल्विसमा दुखाइ हुनसक्छ । पिसाब फेर्दा दुखाइ महसुस हुन्छ । जमेको रगतका कारण पेल्विसमा एन्डोमेट्रियल सिस्ट बन्छ । इन्ड्रोमेट्रियोसिस निःसन्तानको कारण बन्नसक्छ ।
नेशनल सेन्टर फ बायोटेक्नोलोजी इन्फर्मेसन (एनसीबीआई) द्धारा गरिएको अनुसन्धानले गर्भाधारण गर्नमा समस्या आउने २५ देखि ५० प्रतिशत महिलाहरुमा यो रोग फेला परेको छ । यसले महिलाको धेरै तरिकाले गर्भाधारण गर्ने क्षमतलाई असर गर्छ ।
ओभुलेशन डिसअर्डरः ओभुलेशन डिसअर्डरका कारण अण्डाशयमा समस्या तथा प्रजनन हर्मोन उत्पादनमा कमी आउँछ । यसले महिलामा असामान्य ओव्युलेसन वा ओव्युलेसनको कमी हुनसक्छ ।
पी.सी.ओ.एस. (पोलिसिस्टिक ओवेरियन सिन्ड्रोम): पि.सि.ओ.एस. भन्नाले त्यो अवस्थालाई बुझाउँछ जहाँ अण्डाशयले असंख्य फोलिकल्स बनाउँदछ वा प्रत्येकमा अपरिपक्व अण्डा हुन्छ । यस स्थितिमा अण्डा फर्टिलाइजेसनद्धारा पनि परिपक्व हुन पाउँदैन ।

यौन संक्रमित रोग (एसटीडी) : असुरक्षित यौन सम्पर्कबाट फैलिने रोगहरूलाई यौन संक्रमित रोग (एसटिडी) भनिन्छ । जस्तोः गोनोरियाले फेलोपियन ट्युब सुन्निने वा दाग पैदा गराउनसक्छ । जसले शुक्राणु अण्डामा पुग्ने बाटो बन्द गरिदिन्छ र राम्रोसँग फर्टिलाईजेसन हुन पाउँदैन ।
मोटोपनाः अनियमित खानाले वजन बढ्ने र ओभुलेशन डिसअर्डरको समस्या देखिनसक्छ ।
लागू पदार्थको सेवनः अत्यधिक मात्रामा रक्सी वा लागू पदार्थको सेवन गर्नेहरुमा प्रजनन क्षमतामा कमी आउनसक्छ । साथै भ्रूण बन्नमा पनि असर गर्दछ ।
-अण्डाशयमा अण्डा नबन्ने वा थुप्रै स—साना डिम्ब बनेपनि नबढ्ने
-पाठेघरको नली पूरा बन्द हुने
-पाठेघरमा पिप या पानी जम्ने
-पाठेघर सानो वा पाठेघरको मुख ज्यादै सानो
-अण्डादानीमा विभिन्न समस्या
-हर्मोनल गडबडी
-पाठेघरको ट्यूमर
-यौन संक्रमित रोग
-पाठेघरको मुखको समस्या
-डिम्बबाहिनी नली सुन्निने
-समयमा डिम्ब नबन्ने
-पाठेघर बाक्लो हुने
-पाठेघरमा क्षयरोग
-इडियोप्याथी (कारण नै पत्ता नलाग्ने) आदि ।
कन्ट्रासेप्टिभ पिल्स र निःसन्तानको सम्बन्ध
कन्ट्रासेप्टिभ पिल्स खाँदैमा भविष्यमा सन्तान नहुने भन्ने छैन । तर पछिल्लो समयमा धेरै कन्ट्रासेप्टिभ पिल्सको प्रयोगले महिलाहरुमा अण्डा उत्पादनमा संकुचन ल्याउन थालेको विभिन्न अन्तर्राष्ट्रिय अनुसन्धानहरुले देखाएका छन् । जहाँसम्म गर्भपतन गराइरहने कुरा छ यसमा दक्ष व्यक्तिबाट १—२ पटक गर्भपतन गराउँदैमा कुनै समस्या हुँदैन । तर पटक पटक गर्भपतन गराइरहने, राम्रो ठाउँमा गएर गर्भपतन नगराउने र विभिन्न जटिलता भएर फालोपियन ट्यूब बन्द भएमा निःसन्तानको समस्या आउनसक्छ । आफ्नो यौन साथीसँग नियमित गरिने यौन सम्बन्धले निःसन्तानमा कुनै समस्या पार्दैन । तर धेरै पुरुषसँग यौन सम्पर्क राख्नेहरुमा यौन संक्रमित रोगका कारण बच्चा नहुने समस्या आउनसक्छ ।
महिलामाथिको विकराल यातना
सन्तान नभएका महिलालाई समाजले नकारात्मक दृष्टिकोणले हेर्ने, श्रीमानले दोस्रो विवाह गर्ने, सामाजिक शुभ—समारोहमा सहभागी नगराइने, महिलाको दोष देखाउने, अपमानित हुनुपर्ने बाध्यता छ । यसले महिलामा मानसिक समस्या आउनसक्छ । तनाव, पीडा, निराशा बढ्न थालेपछि कतिपय महिलाले घर छाड्ने गरेको पाइन्छ । तनाव झेल्न नसकेर कतिपयले आत्महत्यासमेत गर्ने गरेका छन् । कयौं महिलाहरु निःसन्तानको समस्याले श्रीमान एवं परिवारका अन्य सदस्यबाट हुने हिंसा सहन बाध्य छन् । बास र गाँस खोसिने डरले दैनिक यातना सहन विवस छन् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

