जनस्वास्थ्य सरोकार, काठमाडौं । एम्बुलेन्सलाई एकीकृत रूपमा परिचालन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आग्रह गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले ७७ वटै जिल्ला प्रशासन कार्यलयलाई आज पत्र लेख्नुहुँदै जिल्लामा सञ्चालित एम्बुलेन्सलाई एकीकृत रूपमा सञ्चालन गरी सेवाग्राहीलाई सहज गराउन अनुरोध गर्नुभएको हो ।
'कोभिड–१९ को सङ्क्रमण बढ्दै गएर व्यवस्थापनमा चुनौतीहरु थपिँदै जाँदा नियमित स्वास्थ्य सेवा लिन तथा सङ्क्रमितलाई अस्पताल पुर्याउन समस्या भइरहेको अवस्था छ', पत्रमा भनिएको छ, 'त्यसैले जुनसुकै निकायबाट सञ्चालित एम्बुलेन्सहरू जिल्लाभित्र एकीकृत रूपमा परिचालन गरी सेवाग्राहीलाई सहज हुने गरी १०२ नंको व्यवस्था गरिदिन अनुरोध छ ।'
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


