
जनस्वास्थ्य सरोकार, काठमाडौँ । पूर्वप्रधानमन्त्री तथा जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको न्युरो–इन्डोक्राइनको ट्युमरको सफल शल्यक्रिया भएको छ ।
आज काठमाडौंस्थित वीर अस्पतालमा डा. सुबोध अधिकारी नेतृत्वको टोलीले भट्टराईको सफल शल्यक्रिया गरेकोे हो । अहिले उहाँलाई आइसियूमा सारिएको छ।
यसअघि क्यान्सरको शंका भएपछि डा. भट्टराईले भारतको दिल्लीमा परीक्षण गराउनुभएको थियो । बायोप्सी, पेट सिटिस्क्यान सहितका परीक्षणपछि त्यहाँका चिकित्सकहरुल क्यान्सर नभएको बताएका थिए ।
तर त्यहाँका चिकित्सकहरुले डुडेनममा भएको सो ट्युमर भने छिटै फाल्नुपर्ने सुझाव दिएका थिए । सोही सुझाव अनुसार नै आज उहाँको शल्यक्रिया भएको हो ।
प्रकाशित मिति: शुक्रबार, वैशाख १७, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


