
जनस्वास्थ्य सरोकार, काठमाडौं । के तपाईं कोरोना भाइरस (कोभिड—१९) को यी ४ जोखिम मा हुनुहुन्छ ?
यदि हुनुहुन्छ भने सम्बन्धित आफ्नो डाक्टरसँग सल्लाह लिन नभुल्नुस् र अस्पताल जान ढिला नगर्नुस् ।
यतिखेर कोरोना भाइरस (कोभिड—१९) को दोस्रो लहरले मुलुकभर नयाँ रेकर्ड तोडिरहेको छ ।
२५ देखि ४५ वर्षसम्मका युवाहरुमा कोरोनाको नयाँ भेरियन्ट धेरै देखिन थालेको छ ।
भाइरसको म्युटेसनका कारण नयाँ भेरियन्ट देखिरहेको छ । प्रायः भाइरसको म्युटेसन भइरहन्छ ।
नयाँ भाइरसले संक्रमणको दर बढाइरहेको छ ।
बैशाख १६ गते कोरोनाका कारण ३५ जनाले एकै दिन ज्यान गुमाए ।
यो अहिलेसम्मकै धेरै हो । यो दिन करिब ५ हजारको हाराहारीमा संक्रमित थपिए ।
हरेक दिन धेरैले कोरोना जितिरहेका छन् भने कोरोनासँग हार्न कयौं बाद्य छन् र ज्यान गुमाइरहेका छन् ।
अस्पतालमा वेडको कमीका कारण कतिपयले होम आइसोलेसनमा बसेर उपचार गरिरहेका छन् ।
धेरै व्यक्तिले सजिलैसँग घरमा कोरोना पु¥याइरहेका छन् ।
कतिपयले आइसोलेसनको समय धेरै समस्याहरुको सामना गर्नुपरिरहेको छ ।
यस्तो अवस्थामा उनीहरुले घरमै उपचार जारी राख्ने वा अस्पताल भर्ना हुने भन्नबारे बुझ्दैनन् ।
‘कोरोना भाइरस भएका ८५ प्रतिशतलाई सामान्य लक्षण देखिन्छ । १५ प्रतिशत व्यक्तिलाई अस्पताल भर्ना गर्न जरुरी हुन्छ ।’ सिभिल सर्भिस हस्पिटलका वरिष्ठ फिजिसियन डा. दिपेश के.सी. भन्नुहुन्छ—‘सबै कोरोनाका बिरामीलाई अस्पताल भर्ना गर्नुपर्दैन । तर मधुमेह, उच्चरक्तचाप, मुटुको रोग, क्यान्सर, मिर्गौलालगायतका सिभियर समस्या भएका कोरोना बिरामीहरुलाई अस्पताल भर्ना गर्नुपर्ने आवश्यकता पर्नसक्छ ।’
यसबाहेक उच्च ज्वरो, शरीरमा अक्सिजनको स्तर ९२ प्रतिशत भन्दा कम भएका बिरामीलाई अस्पताल भर्ना गर्नुपर्छ ।
कोरोनाको जटिल लक्षण देखिएका बिरामीले तुरुन्त सम्बन्धित चिकित्सकलाई देखाउने वा हस्पिटल भर्ना हुनुपर्छ ।
कोरानाको निम्न लिखित लक्षणलाई भने तपाईंले भुलेर पनि वेवास्ता गर्न नहुने वरिष्ठ फिजिसियन डा. के.सी.ले स्पष्ट पार्नुभयो ।
शरीरमा अक्सिजनको तह कम भएमा
मुख्यतः सामान्य लक्षण भएपनि शरीरमा अक्सिजनको मात्रा हेरिरहनुपर्छ ।
कोरोना बिरामीको शरीरमा अक्सिजनको स्तर कम भएमा ज्यान जाने खतरा धेरै हुन्छ ।
‘यस्तो अवस्थामा कोरोना भाइरसबाट पीडित व्यक्तिहरुले हरेक दिन ४ पटकसम्म आफ्नो अक्सिजनको स्तर जाँच गर्नै पर्छ ।’—वरिष्ठ फिजिसियन डा. के.सी. भन्नुहुन्छ—‘कोरोनामा भित्रभित्रै अक्सिजन घटिरहेपनि लक्षण देखिएको पाइएको छैन । त्यसैले शरीरमा अक्सिजनको तह ९२ भन्दा कम भएमा तुरुन्त अस्पताल भर्ना हुनुपर्छ ।’
ज्वरो भएपनि अक्सिजनको मात्रा ठीक भएमा सिटामोल खाएर घरमा आइसोलेसनमा बस्दा पनि हुन्छ ।
आजकल मुलुकका धेरै अस्पतालहरुमा अक्सिजन सिलिन्डर र वेडको ठूलो अभाव छ ।
अक्सिजन र वेड पाउन मुिस्कल भइरहेको छ ।
तपाईंका लागि अक्सिजन सिलिन्डर वा वेड व्यवस्था नभएसमम्म प्रोन पोजिसनबाट आफ्नो शरीरको अक्सिजन लेवल वृद्धि गर्न सक्नुहुन्छ ।
उच्च ज्वरो
आजकल बदलिँदो मौसमका कारण धेरै मानिस खोकी र चिसोबाट हैरान छन् ।
यस्ता लक्षण कोरोना भाइरसबाट पनि हुनसक्छ ।
यस्तो अवस्थामा भाइरल समस्या हो वा कोरोना भाइरसका कारण हो भन्ने बारे पत्ता लगाउन आरटी पीसीआर टेष्ट वा ¥यापिड टेष्ट गराउनुपर्छ ।
कोरोना पोजेटिभ आएमा आफैं घरमा आइसोलेट हुन सकिन्छ ।
‘तर तपाईलाई ३ दिन भन्दा बढी उच्च ज्वरो आइरहेमा तत्काल अस्पताल भर्ना हुन जरुरी हुन्छ ।’—डा.के.सी.ले स्पष्ट पार्नभयो । यसबारे आफ्नो फिजिसियनसँग परामर्श लिन जरुरी हुन्छ ।
गम्भीर रोगबाट पीडित बिरामी
गम्भीर रोग नभएका व्यक्तिहरु सजिलैसँग कोरोना जित्न सक्षम हुन्छन् ।
यी व्यक्तिहरुलाई अस्पताल जान आवश्यक पनि पर्दैन ।
उनीहरु होम आइसोलसनमा बसेर आफूलाई निको पार्नसक्छन् ।
तर मधुमेह, उच्च रक्तचाप, मुटु रोग, मिर्गौला रोग, क्यान्सर, दमबाट पीडित व्यक्तिहरुलाई कोरोना भएमा जोखिम धेरै हुन्छ ।
विशेषगरी मधुमेह, मिर्गौलाका रोगी र क्यान्सर रोगीहरुमा कोरोना संक्रमपणका कारण ज्यान जाने जोखिम धेरै हुन्छ ।
यस्ता व्यक्तिहरुलाई सिभिर इन्फेक्सन हुने जोखिम धेरै भएको डा. के.सी.ले जानकारी दिनुभयो ।
यस्तो अवस्थामा तुरुन्त अस्पताल जान आवश्यक पर्छ ।
तपाईंसँग कोरानोका हल्का लक्षण भएमा अस्पताल जानुपूर्व एकपटक डाक्टरसँग सल्लाह लिने बारे आफ्नो मनमा हेक्का राख्नुहोला ।
डाक्टरले अस्पताल भर्ना हुने नहुनेबारे जानकारी दिन सक्छन् ।
उच्च खोकी
मौसम परिवर्तनका कारण खोकीको समस्या पनि धेरै व्यक्तिहरुमा देख्न सकिन्छ ।
तर लामो समयसम्म सुख्खा खोकी लागिरहेमा तपाईंले कोरोना टेष्ट गर्नुपर्छ ।
यदि तपाईंको रिपोर्ट पोजेटिभ आएमा आफूलाई स्वयं होम आइसोलेसनमा राख्न सकिन्छ ।
धेरै खोकी लागेमा एकपटक डाक्टरसँग सल्लाह गर्न सक्नुहुन्छ किनकि तपाईंलाई अस्पताल भर्ना गर्नुपर्ने वा नपर्ने जरुरीबारे सल्लाह प्राप्त हुनेछ ।
यदि कोरोना संक्रम भइरहालेमा पनि कसैको होहल्लाको पछाडि नलाग्नुहोस् ।
आफूलाई शान्त अवस्थामा राख्नुहोस् र स्वस्थ्यवद्धक खाना खानुहोस् । यसले तपाईंले चाँडै कोरोना भाइरसलाई जित्न सक्नुहुनेछ । यद्यपी घरमा बस्नुहोस्, सुरक्षित रहनुहोस् र आफ्नो ख्याल राख्नुहोस् ।
सामाजिक दुरी, मास्क र बारम्बार हात धुने लगायत आफूलाई कोरोनाबाट जोगाउन कोरोनासम्बन्धि दिशानिर्देशहरु पालना गर्नुहोस् ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

