जनस्वास्थ्य सरोकार, काठमाडौं । यतिखेर देशमा कोरोना भाइरस (कोभिड १९) को संक्रमण व्यापक बन्दै गएको छ ।
शनिबार अहिलेसम्मकै सर्वाधिक कोभिड १९ पुष्टि भएको छ ।
शनिबार ५ हजार ७७३ जनामा कोभिड १९ पुष्टि भयो भने १९ जनाले मृत्युवरण गरेका छन् ।
कोभिडले सर्वसाधारणदेखि भिइपीसम्मलाई आक्रान्त पारेको छ ।
शनिबार पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका नेता झलनाथ खनाललाई कोभिड १९ संक्रमण पुष्टि भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको छ । उहाँलाई पेट दुख्न थालेपछि परीक्षणको क्रममा कोभिड संक्रमण पुष्टि भएको हो । हाल उहाँको स्वास्थ्यवस्था सामान्य रहेको छ ।

यसैगरी पूर्वप्रधानसेनापति रुक्मांगद कट्वाललाई पनि कोभिड १९ पुष्टि भएर्र छाउनीस्थित सैनिक अस्पतालमा उपचार भइरहेको छ । केही समयदेखि भेन्टिलेटरमा राखेर उपचार गराइरहेका कट्वलाललाई सामान्य वेडमा सारिएको छ । हाल उहाँको स्वास्थ्यवस्था सामान्य रहेको जनाइएको छ ।

नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३


