जनस्वास्थ्य सरोकार, काठमाडौँ । उपत्यकामा जारी निषेधाज्ञा आइतबारबाट थप कडाइ गरिने भएको छ ।
काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले काठमाडौँ उपत्यकामा कोभिड–१९ सङ्क्रमण भयावह बन्दै गएसँगै आइतबारबाट निषेधाज्ञा थप कडाइका साथ लागू गरिने जानकारी दिनुभयो । उहाँले पत्रकारको सवारीमा कडाइ गर्दै सूचना विभागको पास अनिवार्य मागिने बताउनुभयो । बैंक तथा वित्तीय संस्थालाई कम शाखा सञ्चालन गर्न भनिएको छ ।
सरकारी सवारी साधन बिदा र शनिबारको दिन पूर्णरुपमा निषेध गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी नेतृत्वको टोलीले शनिबार निषेधाज्ञा पालना भए नभएको सम्बन्धमा बिहान कोटेश्वरदेखि बालाजुसम्म र कलङ्कीदेखि चाबहिलसम्म अनुगमन गरेको थियो ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


