जनस्वास्थ्य सरोकार, काठमाडौँ । नेपालका एकैदिन ७ हजार बढी कोरोना संक्रमित थपिएका छन् ।
यो नेपालमा एक दिनमा भेटिएको अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित हो ।
देशभरका प्रयोगशालाबाट १६ हजार १४७ पीसीआर परीक्षण गर्दा ७ हजार १३७ र ६२३ एन्टिजेन परीक्षण गर्दा ७४ गरि ७ हजार २११ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
आइतबार काठमाडौंमा मात्र ३ हजार ५९५ जना कोरोनाभाइरस संक्रमित थपिएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं जिल्लामा दुई हजार ७४४, ललितपुरमा ५५० र भक्तपुरमा ३०१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ४८ हजार ७११ रहेको छ । पछिल्लो २४ घण्टामा २७ जनाको मृत्यु भएको छ ।
प्रकाशित मिति: आइतबार, वैशाख १९, २०७८
प्रतिक्रिया दिनुहोस्
थप
हेल्थ अपडेट
नेपालमा न्युरोसर्जरीको नयाँ अध्यायः युबिई तालिमको केन्द्र बन्दै न्युरो अस्पताल बाँसबारी
बिहीबार, भदौ ११, २०८३
चिकित्सा शिक्षा आयोगमा तीन निर्देशक नियुक्त
बिहीबार, भदौ ४, २०८३
एचआईभी विधेयक कहिले ? राजनीतिक दलसँग सरोकारवालाको प्रश्न—‘अब ढिला गर्ने छुट छैन’
बुधबार, भदौ ३, २०८३ट्रेन्डिङ


