
जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बेड लुकाउने अस्पताललाई कारबाही गर्ने चेतावनी दिनुभएको छ ।
देशबासीका नाममा सोमबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले बेड लुकाउने अस्पताललाई कानूनअनुसार कारबाही गर्ने बताउनुभएको हो ।
प्रधानमन्त्री ओलीले कोरोना संक्रमितको उपचारका लागि सरकारले हरसम्भव प्रयास गर्ने बताउनुभयो ।
प्रधानमन्त्री ओलीले कोभिड– १९ महामारी नियन्त्रण, रोकथाम र उपचारका लागि सरकारले चालेका कदमलाई सहयोग गर्न देशबासीलाई आग्रह गर्नुभयो । उहाँले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्दै कोभिड संकटसँग जुध्ने अभियानमा सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग अपिल गर्नुभयो ।
प्रधानमन्त्रीले सरकारले सबै अस्पताल, मेडिकल कलेजहरूको बेड सरकारले कोरोना संक्रमितका उपचारका लागि प्रयोग गर्ने बताउनुभयो । उहाँले प्रदेशहरूलाई पनि सोही बमोजिम गर्न निर्देशन दिनुभयो । साथै होटल, पार्टी प्यालेस र भवनमा सुविधा सम्पन्न आइसोलेसन निर्माण गरिने उहाँले जानकारी दिनुभयो ।
प्रधानमन्त्रीले कोरोनाको उपचारका लागि सरकारले अवकाश प्राप्त स्वास्थ्यकर्मीलाई एक वर्षका लागि करारमा लिने जानकारी दिनुभयो । उहाँले कोरोनाको उपचार, व्यवस्थापन, एम्बुलेन्स चालक, शव व्यवस्थापमा खटिनेहरूलाई ५० प्रतिशत जोखिमभत्ता दिइने उल्लेख गर्नुभयो ।
प्रधानमन्त्री ओलीले केही अवधिका लागि निषेधाज्ञा जारी गरेको बताउँदै स्थितिमा सुधार नभए जारी निषेधाज्ञालाई थप कडाइ गरिने जानकारी दिनुभयो । उहाँले कोरोना नियन्त्रण, उपचार र रोकथामका लागि समन्वय गर्न सातै प्रदेशमा एक–एक मन्त्रीलाई फोकलपर्सनको रूपमा राखिएको बताउनुभयो ।
जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने उहाँले बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

