जनस्वास्थ्य सरोकार, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले काठमाडौं उपत्यका र प्रदेशमा गरी १ हजार शय्याका अस्थायी अस्पताल बनाउने घोषणा गर्नुभएको छ ।
आज देशवासीका नाममा सम्बोधन गर्नुहुँदै प्रधानमनत्री ओलीले नागरिकको जीवन रक्षाका लागि यस्तो व्यवस्था गर्न लागिएको बताउनुभयो ।
प्रधानमन्त्री ओलीले यसका लागि नेपाली सेनालाई जिम्मा दिइएको बताउनुभयो ।
ओलीले वीर अस्पतालको नयाँ भावन, नेपाली सेनाको त्रिचन्द्र मिलिटरी अस्पताल, काठमाडौं उपत्यकाका धेरै शय्या भएका मेडिकल कलेज, ठूला सरकारी तथा निजी अस्पताललाई कोभिड अस्पतालका रुपमा सञ्चालन गरिने पनि बताउनुभयो ।
सबै सार्वजनिक स्थल, सभाहल, रंगशाला, होटल, पार्टी प्यालेस, कारखाना तथा गोदामघर लगायतका संरचना प्रयोग गरी सुविधायुक्त क्वारेन्टिन, आइसोलेन तथा होल्डिङ सेन्टर बनाइने प्रधानमन्त्री ओलीले जानकारी दिनुभएको छ ।
जनशक्ति अभाव हुन नदिन अवकाश प्राप्त चिकित्सक र अन्य स्वाथ्यकर्मीलाई एक वर्षका लागि करारमा भर्ना गर्ने तथा फ्रन्टलाइनमा खटिने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी लगायतलाई सुरुको तलब स्केलको ५० प्रतिशत जोमिख भत्ता दिनुका साथै विमा र परिवारको उपचार गर्ने उहाँले बताउनुभयो ।
छ स्वास्थ्य विज्ञान प्रतिष्ठानले पाए नयाँ उपकुलपति, प्रधानमन्त्री शाहद्वारा नियुक्ति
बिहीबार, असार २५, २०८३
अनुमतिबिना सञ्चालनमा रहेका स्वास्थ्य संस्था बन्द गर्न मेडिकल काउन्सिलको निर्देशन
मंगलबार, असार २३, २०८३
नेपालका अनुभवी न्युरोलोजिष्ट डा. घनश्याम खरेल अब ह्याम्स हस्पिटलमा
शुक्रबार, असार १९, २०८३

